Logo
Logo

थप ५० नयाँ सहर बनाउने एमालेको घोषणा


1.8k
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै सहरी विकास तथा एकीकृत वस्ती र सुरक्षित आवासका सन्दर्भमा आफ्नो नीति सार्वजनिक गरेको छ ।

एमालेले सञ्चयकोषका सञ्चयकर्ता तथा नागरिक लगानी कोषका बचतकर्तालाई ती कोषको लगानीमा आवास सुविधा उपलब्ध गराउने, एकीकृत बस्ती नजिक सम्भाव्यताका आधारमा औद्योगिक क्षेत्र, उद्योग ग्राम वा कृषि उत्पादनका फर्महरू स्थापना गरी रोजगारी प्रदान गर्ने जस्ता प्रतिबद्धता पनि एमालेले गरेको छ ।

यस्तै, एमालेले देशका विभिन्न स्थानमा निर्माण सुरु गरिएका २७ नयाँ सहर एवं १८ स्मार्ट सिटीहरूको विकास तथा २५ प्रमुख सहरहरूको आधधुनिक सहरी पूर्वाधार निर्माण तथा विस्तार कार्यलाई सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ ।

एमालेले यसबाहेक ५० वटा थप नयाँ सहरहरूको विकास तथा थप ५० वटा सहरहरूमा आधुनिक सहरी पूर्वाधार निर्माणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्