Logo
Logo

एमालेले सत्ता गठबन्धन ‘स्वार्थको माध्यम’ भनेपछि आफ्नै पार्टीमाथि खनिए भीम रावल


13k
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले गरेको चुनावी गठबन्धनप्रति एमालेका नेता भीम रावलले प्रश्न उठाएका छन् । पार्टीले चुनावको लागि गरेको साँठगाँठको औचित्य पार्टीको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि नगर्ने बताएका छन् ।

फाइल फोटो

एमालेले आफ्नो घोषणापत्रमा राखेको ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो,’ भन्ने भनाइ उचित भएको भन्दै रावलले पार्टीले कमल थापा, राजेन्द्र लिङ्देन, एकनाथ ढकाल र हृदयश त्रिपाठीसँग गरेको साँठगाँठमाथि प्रश्न उठाएका हन् ।

उनले समाजिक सञ्जालमा भनेका छन्– ‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो, तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्