Logo
Logo

१ जना मात्र यात्रु लिएर विराटनगर पुग्यो बुद्ध एयरको विमान


8.1k
Shares

काठमाडौं । बुद्ध एयरको विमान एक जना मात्र यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर पुगेको छ ।

मङ्गलवार साँझ ८ बजेको उडानमा एक जना मात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौंबाट विराटनगर उडेको हो । पुरै विमानमा एकल यात्रा गरेका उद्धव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘काठमाडौँबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु । रोमाञ्चक अनुभव ।’

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार हुन् ।

उद्धव पौडेलकाे फेसबुक स्टाटस:

प्रतिक्रिया दिनुहोस्