Logo
Logo

साफ च्याम्पियनसिप : नेपाललाई जित्नै पर्ने दबाव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ भदौं । भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।
भारतको कल्याणी रंगशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।
नेपाल र बंगलादेशको समान ६÷६ अङ्क छ तर नेपाल हेड टु हेडको आधारमा बंगलादेशभन्दा अगाडि छ । बंगलादेश अंक तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै भारत ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । श्रीलंका तीन अंकका साथ चौथो स्थानमा छ भने अंकविहीन रहेको भूटान अन्तिम स्थानमा छ । भोलि नै हुने अर्को खेलमा भारतले बंगलादेशको सामना गर्नेछ । नेपालले भूटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ भने यदि बंगलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भूटान सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्