Logo
Logo

राजधानीमै बालिकामाथि सामूहिक बलात्कार




काठमाडौ, २७ पुस।
राजधानीमै एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । उदयपुर त्रियुगा घर भई हाल काठमाडौँ बस्ने १५ वर्षीया एक बालिकामाथि चार जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चारै जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल गट्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की, रौतहट चन्द्रपुर–१ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेका छन्।

पुस २४ गते दिउँसो बालिकालाई आफ्नै कोठामा बोलाएर चारै जनाले सामूहिक बलात्कार गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। उनीहरुलाई भक्तपुर जिल्ला अदालतमा पेश गरी जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ।

प्रतिक्रिया दिनुहोस्