Logo
Logo

रक्तचन्दन तस्कर फेरि सक्रिय, बौद्धमा ८३ केजी बरामद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ भदौ ।

रक्तचन्दन तस्करहरु फेरि सक्रिय भ्एका छन् । प्रहरीले ८३ केजी प्रतिबन्धित रक्तचन्दनसहित बुधबार साँझ २ जनालाई बौद्धबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङ रहेका छन् ।


महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दले खेम्बा र नोर्बुममाथि अनुसन्धान अघि बढाइएको बताए । उनीहरुले भारतबाट नै सो रक्तचन्दन ल्याएका थिए ।
विशेष सुराकीको आधारमा प्रतिबन्धित रक्तचन्दनसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०६० सालताका प्रहरीकै मिलमेतोमा ठुृलो मात्रामा रक्तचन्दन तस्करी हुने गर्दथ्यो । जसबाट कतिपय व्यक्तिहरु रातारात करोडपति बनेका थिए । पछि कडाई भएपछि रोकिएकोमा फेरि तस्करी सुरु भएको छ । भारतबाट नेपाल हुँदै चीनमा रक्तचन्दन तस्करी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्