Logo
Logo

पाँच युवा व्यवसायीको पानी पोखरीमा जावाको आउटलेट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ भदौं । नेपालमा कफि ‘संस्कार’को बढ्दो क्रेजसँगै हिमालयन जावाका आउटलेटहरु पनि बढ्दै गएको छ । नेपालमा कफि संस्कारलाई स्थापित गर्न हिमालयन जावाको ठूलो भूमिका छ ।
२०५६ तिर काठमाडौंबाट सुरु भएको हिमालयन जावाले आफ्ना आउटलेटहरु विदेशमा समेत स्थापना गरिसकेको छ । यसैक्रममा साउन महिनामा मात्रै राजधानी हिमालयन जावाको दुई वटा आउटलेट थपिए । तीमध्ये एक हो, पानी पोखरीस्थित हिमालयन जावा । जुन अन्य आउटलेटहरुभन्दा केही सुविधा सम्पन्न छ ।


विशेषगरी राजधानीमा पार्किङको ठूलो समस्या छ । तर, पानी पोखरीस्थि हिमालयन जावामा कफि पिउन जानेहरुका लागि पार्किङको समस्या पर्दन । खुला वातावरण र पार्किङको सुविधाका कारण उक्त आउटलेट खुलेदेखि नै ग्राहकको भीड लाग्न थालेको छ । यो जावको नयाँ आउटलेट लाजिम्पाट र पानीपोखरीको बीच मुख्य रोडमै रहेको छ ।


हिमालयन जावाको उक्त आउटलेट पाँच जना युवा व्यवसायीले सञ्चालनमा ल्याएका हुन् । धिरु लामा, सिदार्थ लामा, अन्कु शेर्पा, सुजन मास्के र किरण पुन मगरले सञ्चालनमा ल्याएको उक्त आउटलेटको नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले उद्घाटन गरेका थिए । उद्घाटनमा राजदूत पिटरले आफू पनि नेपाली कफिको पारखी भएको बताएका थिए । त्यतिखेर उनले भने, ‘कफिका लागि नेपाल चर्चित छ । म पनि नेपालमा उत्पादित कफि पिउने गर्छु ।’ त्यसमाथि कफिमा छुट्टै ब्राण्ड बनाएको छ हिमालयन जावाले । यी पाँच युवा व्यवसायीले हिमालयन जावाकै आउटलेट रोज्नुको कारण पनि यही हो ।


नेपालमा उनीहरु व्यवसायीमा नयाँ देखिएपनि आ–आफ्नो स्थानमा अनुभवी छन् । खाशमा भन्ने हो भने विदेशमा सिकेर आएको शीपलाई उनीहरु यहाँ खर्चिदैछन् । धिरु लामा ११ वर्ष अमेरिका बसेर नेपालमै केही गरौँ भन्ने सोचले फर्किएका हुन् । त्यस्तै, सुजन १३ वर्ष स्वीजरल्याण्ड बसेर फर्किएका हुन् । उनीसँग पिज्जाबारे राम्रो ज्ञान छ । अर्का व्यवसायी सिदार्थ लामा र किरण पुन मगरसँग पनि आ– आफनै अनुभव छ । तर, यहाँ रोचक त के छ भने यी पाँच युवा कसरी एउटै प्लेटफर्ममा आए होला ? धेरैलाई कौतुहलता लाग्न सक्छ । तर, उक्त कौतुहलतालाई सिद्धार्थले मेटाइदिएका छन् । उनले भने, ‘हामी व्यवयायीमा दोस्रो पुस्ता हौँ । हाम्रा बाबुहरु व्यवसायी पार्टर हुन् । त्यसैले हामी पनि पार्टनर भयौँ ।’
यी पाँच युवा व्यवसायीको ठूलै सपना छ । केही रियलस्टेट र थान्का व्यवसायिकमा समेत संलग्न छन् । तर, उनीहरुको सपना भने नेपालमा आफ्नै ब्राण्ड स्थापित गर्नु हो । व्यवसायी धिरुले भने ‘अहिले हामीले हिमालयन जावाको आउटलेट सञ्चालनमा ल्यायौँ, तर यो हाम्रो सुरुवात मात्र हो ।’ उनीहरुले नेपालमा पिज्जाको ब्राण्ड स्थापित गर्ने उद्देश्य लिएका छन् ।
हाल उनीहरुले ठेमलमा ‘ला–पिज्जा’ सञ्चालन गर्दै आएका छन् । त्यसैलाई अगाडि बढाएर ‘ला–पिज्जा’को नेपाली ब्राण्ड बनाउने उनीहरुको लक्ष्य छ । सुरुमा जावाको आउटलेट खोलेपनि आफूहरुको व्यवसायीमा नयाँ सोच रहेको किरण पुन मगरले बताए । ‘कपि दुनियाँमा हिमालयन जावाको छुट्टै पहिचान भएकाले यसैको आउटलेट रोजेका हाँैँ’, उनले भने ।


हुन पनि काठमाडौंमा पाइलै–पिछे र गल्ली–गल्लीमा क्याफे र रेष्टुरेण्टहरु छन् । ती क्याफेहरुको भीडमा हिमालयन जावाको छुट्टै नाम र पहिचान छ । अर्को कुरा हिमालयन जावाको आउटलेट खोल्दा खाना र परिकारमा अरुसँग प्रतिस्पर्धा गर्नुपर्दैन किनकि जावाको खाना अन्य क्याफेहरुसँग तुलना गरिँदैन । उनीहरुले हिमालयन जावाकै आउटलेट खोल्नुको यो अर्को हो ।
जावाको अर्को विशेषता भनेको कफि पिउनुमात्र नभएर आफूलाई मनपर्ने पुस्तक पढ्न पाउनु पनि हो । अझ पानी पोखरीको आउटलेट शान्त वातवरण र पार्किङको व्यवस्था भएकाले ग्राहकको पहिलो रोजाइ बन्न सक्छ ।


२०५६ सालमा पहिलोपटक गगन प्रधानले सञ्चालनमा ल्याएको जावाले यस अवधिसम्ममा देश र विदेशमा करिब चार दर्जन यसका आउटलेटहरु (शाखा) सञ्चालनमा छन् । जावाको शाखाहरु नेपालका अलावा अमेरिका, क्यानडा, थाइल्यान्ड, भुटान, र भारतलगायतका मुलुकहरुमा रहेको छ । यो एउटा फ्रेन्चाइज कम्पनी हो । जावाको मुख्य पहिचान कफी, कफी, ब्लेन्डेड ड्रिंक्स र सिजनल फेस जुसका अलावा स्यान्डविज, फ्रेन्चफ्राई र बरगरलगायतका ब्रेक फास्टहरु पस्किँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्