Logo
Logo

‘हाम्रो निर्वाचनमा चीनले हस्तक्षेप गर्‍यो’



ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले देशको चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । ट्रुडोले बेइजिङले लोकतन्त्रसँग ‘आक्रामक खेल’ खेलेको र क्यानाडाका संस्थाहरूलाई निशाना बनाएको आरोप लगाए ।

क्यानाडाली गुप्तचरले हालैको चुनावमा बेइजिङ समर्थित उम्मेद्वारहरूको ‘गुप्त नेटवर्क’ पहिचान गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाइरहेका बेला प्रधानमन्त्री ट्रुडोको भनाइ आएका हो । सन् २०१९ को संघीय चुनावमा कम्तीमा ११ जना उम्मेदवारलाइ चीनले समर्थन गरेको अधिकारीहरूले ट्रुडोलाई जानकारी गराएका थिए ।

अज्ञात गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय प्रसारक ग्लोबल न्युजले रिपोर्ट गरेको छ की बेइजिङले उम्मेद्वारहरूलाई रकम प्रदान गरेको थियो र चिनियाँ अपरेटिभहरूले धेरै उम्मेद्वारहरूको प्रचार सल्लाहकारको रूपमा काम गरेका थिए । एउटा मामलामा १ लाख ६० हजार युरो ओन्टारियोमा रहेको प्रान्तीय सांसदको कार्यालयमार्फत सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्