Logo
Logo

निर्वाचन आयोगले सोध्यो मोहम्मद इस्तियाक राईलाई स्पष्टीकरण


441
Shares

बाँके । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका बाँके क्षेत्र नं २ का जनता समाजावादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई स्पष्टीकरण सोधेको छ । आयोगले उम्मेदवार राईले अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको हो ।

निर्वाचनको प्रचार–प्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका परेको थियो । स्पष्टीकरण पत्रमा आफैं वा आफ्नो प्रतिनिधिमार्फत् निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेस गर्न निर्देशन दिइएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधान ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था स्मरण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्