Logo
Logo

केन्द्रीय सदस्य कोइरालासहित ७४ जना कांग्रेसबाट निष्कासित


3.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालालाई पार्टीबाट निष्काशन गरेको । कांग्रेसले कोइरालासहित ७४ जनालाई पार्टीबाट निकालेको छ ।

बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको कांग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ ।

कांग्रेसले महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ्ग मीनाकुमारी गुरुङ, सन्तमान केरुङ, वालानन्द दाहाल, सुरेशकुमार पोखरेल, फणिन्द्र थापा, जयराज संयोग लिम्वु, नन्दु सरदारलगायतलाई पार्टीबाट निष्काशन गरेको छ ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्