Logo
Logo

रुसलाई हतियार पठाएको छैन : उत्तर कोरिया



काठमाडौं । उत्तर कोरियाले मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको छ ।

गत साता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई महत्वपूर्ण संख्यामा हतियार उपलब्ध गराएको दाबी गरेका थिए ।

उत्तर कोरियाले मध्यपूर्व र उत्तर अफ्रिकी देशमार्फत ढुुवानीलाई गर्न खोजेको र वाशिंगटनले ढुवानीहरू प्राप्त भएको छ कि छैन भनेर निगरानी गरिरहेको बताएका थिए ।

अमेरिकाले उत्तर कोरियाले मस्कोमा हतियार पठाउन खोजेको बताइरहेका बेला आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी केसीएनएले त्यसको खन्डन गर्दै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको हो ।

प्रतिक्रिया दिनुहोस्