Logo
Logo

सागरको पक्षमा मत माग्दै अभिनेत्री निशा अधिकारी



काठमाडौं । अभिनेत्री निशा अधिकारीले स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा मत मागेकी छन् ।

अभिनेत्री अधिकारीले सागरको पक्षमा मत माग्दै सामाजिक सञ्जालमार्फत ‘दाइ’ र ‘बा’ प्रवृत्ति त्यागेर देशको बारेमा सोच्न मतदातालाई आग्रह गरेकी हुन् ।

सागर ढकाल एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पराजित गर्ने भन्दै उनी डडेलधुरामा चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै कलाकर्मीहरू पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्दै मत माग्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्