Logo
Logo

मोरङ- ४ : पुन: विजयी हुने विश्वासका साथ चुनावी मैदानमा अमनलाल



काठमाडौं । माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी मोरङ निर्वाचन क्षेत्र नम्बर- ४ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार छन ।

मोरङ ४ बाट पुनः निर्वाचित हुने विश्वासहित मोदी चुनावी अभियानमा खटिएका छन् । गठबन्धनका सहकर्मीसहित चुनावी अभियानमा जनताको घरदैलोमा पुग्दा जनताहरूले सकारात्मक प्रतिक्रिया दिएको मोदी बताउँछन् । सत्ता गठबन्धनका नेता-कार्यकर्ताहरू संयुक्त रूपमा चुनावी अभियानमा खटिँदा गठबन्धनको पक्षमा निकै राम्रो माहोत बनेको मोदीको भनाइ छ ।

अघिल्लो पटक पनि यही क्षेत्रबाट निर्वाचित भएका मोदी यस पटक पनि सोही क्षेत्रबाट दोहोरिने योजनामा छन् । र, आफू नै निर्वाचित हुनेमा पनि उनी विश्वस्त देखिन्छन्। ’हामी गठबन्धनका सहकर्मी दलहरू काँधमा(काँध मिलाएर चुनावी अभियानमा छौँ । जनताहरूको राम्रो सद्भाव छ । नेता-कार्यकर्तामा उत्साह छ,’ मोदी भन्छन्, ’यसपटक निकै राम्रो माहोल बनेको छ।’

घरदैलो अभियानमा खटिएका कार्यकर्ताहरू पनि मतदाताले गठबन्धनप्रति राम्रो सद्भाव देखाएको बताउँछन् । ’मोरङमा गठबन्धनको पक्षमा एकदमै राम्रो माहोल बनेको छ,’ अभियानमा खटिएका एक कार्यकर्ताले भने ।

को हुन् मोदी ?
बाबु स्व. पवनलाल मोदी र आमा वालो देवी मोदीको कोखबाट वि.सं. २०४२ असोज ५ गते अमनलाल मोदीको जन्म भएको हो । उनकी पत्नीको नाम रितेश कुमारी लेखी हो भने उनीहरूका दुई जना छोरा छन् । मोरङकै स्थानीय मोदीको राजनीतिक जीवन २०५६ देखि सुरु भएको हो। । मोदी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बने ।

मोदी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य बनेका मोदीले राजनीतिक रूपमा सक्रिय रहँदा जेल जीवन पनि गुजारेका थिए । २०६० मा पक्राउ परी २ वर्ष ३ महिनासम्म जेल जीवन विताएका मोदीले २०७० को संविधान सभा सदस्य तथा २०७४ मा प्रतिनिधि सभाको सांसद बनेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्