Logo
Logo

ट्वीटरबाट उठेको पैसा कहाँ खर्च गर्छन् एलन मस्क ? के छ ब्लू टिकको फाइदा ?



काठमाडौं । ट्विटरमा भेरिफाइ भएका अर्थात् निलो टिक मार्क भएकाहरुले मासिक पैसा तिर्नु पर्ने भएको छ ।

आईओएस सफ्टवेयर प्रयोगकर्ताको लागि ट्विटरले यस्तो प्रस्ताव ल्याएको हो । यो सेवा हाल अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्ड जस्ता देशहरूमा मात्र उपलब्ध रहेको बताइएको छ ।

प्रमाणित प्रयोगकर्ताहरूले नयाँ सुविधाहरू जस्तै लामो भिडियोहरू पोस्ट गर्न पाउने, उनीहरूको सामग्रीले प्राथमिकता पाउने र थप सान्दर्भिक विज्ञापनहरू प्राप्त गर्ने अमेरिकी व्यवसायी एवम् ट्वीटरका सीइओ एलन मस्कले जानकारी दिएका छन् ।

ट्विटरले यसअघि प्रतिस्ठित व्यक्तिहरु तथा संस्थाहरुलाई ब्लू टिक दिँदै आएको थियो । विस्तारै ट्विटरमा भेरिफाइ हुनुलाई प्रतिष्ठाको विषय पनि मानिएको थियो । मस्कले ट्विटर खरिद प्रक्रिया सकाएलगत्तै यो समाचार भाइरल भएको हो ।

उनले ट्विटर केवल विज्ञापनदाताहरुमा मात्र भरोसा गरेर चल्न नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘ट्विटर केवल विज्ञापनदाताहरुमा मात्र भरोसा गरेर चल्न सक्दैन ।’

ट्वीटर सञ्चालन गरेवापत विभिन्न विलहरु तिर्नुपर्ने भएकाले पैसा तिर्नुपर्ने सिस्टम ल्याउन लागिएको भन्दै मस्कले भनेका छन्, ‘हामीले पनि विभिन्न बिलहरु तिर्नुपर्छ । के आठ डलरको मूल्य ठिक हुन्छ त ?’ मस्कले फेरि भनेका छन्, ‘म यस विषयमा अझ विस्तारमा लेख्नेछु, यो प्रक्रिया सुरु हुनुभन्दा पहिले । ट्रोल र बोट्सहरुलाई हराउने यो मात्र एक तरिका हो ।’

उनले ट्वीटरलाई हरेक दिन सुरक्षीत बनाउन नयाँ प्रयासहरु जारी राखेको समेत बताएका छन् ।

हरियो टिक भएका प्रयोगकर्ताका लागि फाइदा :

प्रमाणित खाता प्रयोगकर्ताहरूको लागि उनीहरूले पछ्याउने सेलिब्रेटीहरू, कम्पनीहरू र राजनीतिज्ञहरूले जस्तै नीलो चिह्न प्राप्त गर्नेछन् । साथै, प्रयोगकर्ताहरूले पाइरहेको भन्दा ‘आधा विज्ञापनहरू’ पाउनेछन्, जुन दुई गुणा पोस्टसँग सान्दर्भिक हुनेछ ।

त्यस्तै, प्रयोगकर्ताहरूको सामग्रीलाई जवाफ, उल्लेख र खोजहरूमा प्राथमिकता दिइने ट्वीटरले जनाएको छ । कम्पनीका अनुसार यसले गर्दा ‘घोटाला, झुटो र बट्स’ कम देखिनेछ । ट्विटरका सीईओ एलन मस्कले ट्विटरमा झुटो र बट्स खाता बढी भएको भन्दै आलोचना गर्दै आएका थिए ।

हाल ट्वीटर कम्पनीले दैनिक ४ मिलियन डलरभन्दा बढी घाटा बेहोरिरहेको छ । यस्तो अवस्थामा परिमार्जन गरिएको ट्विटर ब्लू सदस्यताले कम्पनीको वित्तीय आकांक्षाहरू पूरा गर्न सक्ने विज्ञहरूको आकलन छ ।

प्रतिक्रिया दिनुहोस्