Logo
Logo

नेपाल प्रहरीका तीन इन्सपेक्टरको भारतमा कमाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ भदौ ।
नेपाल प्रहरीका तीन युवा अधिकृतहरुले भारतमा उत्कृष्ट क्षमता प्रदर्शन गरेका छन् । भारतको हैदराबादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालिन आईपिएस तालिममा नेपाल प्रहरीका तीन इन्सपेक्टर उत्कृष्ट भएका छन् ।


इन्सपेक्टर ‘स्वर्ड अफ त अनर’ अवार्ड पाएका छन् । त्यस्तै इन्सपेक्टर अनु लामा महिलामध्ये उत्कृष्ट भएन् भने इन्सपेक्टर उमेश गुरुङ श्रेष्ठ द जयपुर कप जितेका छन् ।
उनीहरु भारतका केन्द्रीय गृहमन्त्री अमित शाहको हातबाट पुरस्कृत भएका छन् । सो तालिममा नेपाल प्रहरीका इन्सपेक्टरहरु बोधराज रेग्मी र अमरबहादुर माझि समेत समेत सहभागी थिए ।


हरेक वर्ष आइपिएस तालिममा भारतले नेपाल प्रहरीका इन्सपेक्टरहरुलाई समेत सहभागी गराउँदै आएको छ । यसअघि रघु सहभागी भएका रघु बिष्ट र राजेशराज पुरी पनि उत्कृष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्