Logo
Logo

प्रहरीको नियमावली संशोधन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ भदौ ।
नेपाल प्रहरीको नियमावली सरकारले संशोधन गरेको छ । ६ महिनाअघि स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई कानुनी मान्यता दिन नियमावली संशोधन भएको हो ।


गत साता बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गरेर ब्यूरोका काम, कर्तव्य र अधिकार तोकेको छ । नियमावलीमा ब्यूरोलाई मान्यता दिएसँगै अब उसले मुद्दा चलाउन पाउने भएको छ । बबरमहलमा कार्यलय ब्यूरोले हालसम्म महानगरीय प्रहरी वृत्त अनामनगरमार्फत मुद्दा चलाउँदै आएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत २८ बैशाखमा ब्यूरोको उद्घाटन गरेको थियो। ब्यूरोले एक दर्जन भन्दा धेरै मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्