Logo
Logo

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओली अमेरिका नजाने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, १३ भदौ ।
संयुक्त राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्वमा प्रतिनिधिमण्डल महासभामा ाजने भएको छ ।
स्वास्थ्यकै कारण प्रधानमन्त्री अमेरिका नजाने भएका हुन् । भदौ ३१ देखि सुरु हुने बैठकमा असोज ७ देखि मात्रै उच्चस्तरीय बैठक सुरु हुनेछ। यसैगरी ४÷४ वर्षमा आयोजना हुने ‘सहस्राब्दी लक्ष्यको अद्यावधिक मूल्यांकन’ र ‘विकासका लागि लगानी’ विषयक उच्चस्तरीय बैठकसमेत बस्ने भएको छ। सुरुको कार्यतालिकामा प्रधानमन्त्री ओलीको असोज १० मा महासभामा सम्बोधन गर्ने पालो तोकिएको थियो।

परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल असोज ५ मा न्युयोर्क पुग्नेछ। महासभामा नेपालले असोज १३ मा आफ्नो धारणा राख्नेछ। महासभा बैठकमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, योजना आयोगका सदस्य कृष्णप्रसाद ओली र स्वास्थ्य सचिव पुष्पा चौधरीसहितका उच्च पदाधिकारी सहभागी हुनेछन्।

परराष्ट्र सचिव बैरागी, परराष्ट्रमा राष्ट्रसंघ महाशाखा प्रमुख सहसचिव भरतराज पौड्याल, सार्क महाशाखा प्रमुख सहसचिव यज्ञबहादुर हमालसहित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई र वासिङटनस्थित दूतावासका राजदूत अर्जुन कार्की पनि सहभागी हुनेछन्।

महासभाको साइडलाइनमा भारत र पाकिस्तानका विदेशमन्त्रीसँग समेत ज्ञवालीको भेट हुने छ । महासभामा कास्मिर मामिला पाकिस्तानले उठाउने भएको छ । यो विषयमा नेपाल मौन बस्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्