Logo
Logo

तीज नजिकिँदै गर्दा सुनको मूल्यमा गिरावट


- दृष्टि न्युज/संवाददाता


कामठाडौं, १३ भदौं । पछिल्लो डेढ महीना यता लागातार उतार चढावबीच कारोबार हुँदै आएको सुनको मूल्यमा शुक्रबार गिरावट देखिएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजारले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार १०० कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० रहेको थियो ।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु १० ले घटी रु ८८५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु ८९५ मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्