
१. संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, रोजगारी र स्थायित्वका लागि सत्ता गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्ने नेपाली कांग्रेसको विश्वास, नेकपाले पाँच वर्षसम्म स्थायित्व नदिएकाले अब कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा जनता भएको प्रवक्ता डा प्रकाशशरण महतको भनाइ, संविधानको रक्षा गरी आगामी दिनमा अघि बढ्ने जिकिर ।

२. प्रतिगमन कायम रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहेने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी, शान्ति सम्झौताको मुख्य सम्झौताकर्ता कांग्रेस र माओवादी नै भएकाले अब शान्ति, संविधानको रक्षा र आर्थिक क्रान्तिका लागि पनि अहिलेको गठबन्धन नै प्रमुख आवश्यकता रहेको भनाइ ।

३. देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको अध्यक्ष केपी शर्मा ओलीको दाबी, सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्न सूर्य चिन्हमा मतदान गर्न अपिल, एमालेले जारी गरेको घोषणापत्र ग्यारेन्टीका साथ पूरा गर्ने वाचा, एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए देशको विकास हुने जिकीर ।

४. मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनबारे निर्वाचन आयोगद्वारा कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई जानकारी, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे जानकारी, अन्तर्राष्ट्रिय समुदायले पु¥याएको सहयोग र देखाएको सदायशताको प्रशंसा ।

६. नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँच जना कारबाहीमा, पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै पाच जना पाँच वर्षका लागि सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित, कारबाहीमा पर्नेमा कांग्रेस हुम्लाका महासमिति सदस्य मङ्गलबहादुर शाही, बाराका महाधिवेशन प्रतिनिधिद्वय रविन्द्रप्रसाद यादव, वीरेन्द्रप्रसाद यादव, क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव र जिल्ला सदस्य राम एकवालप्रसाद यादव ।

७. राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार रहेका डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने, सर्वाच्च अदालतले कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएपछि आयोगले सर्वाेच्चमा दिएको भ्याकेटमा आदेश दिँदै यसअघि दिएको आदेशलाई निरन्तरता दिन आदेश ।

८ सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लाग्यो, नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव २९ अङ्कले उकालो लागेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा पुग्यो, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ५१ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव शुन्य चारमा कायम ।

९. संयुक्त अरब इमिरेट्सविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा नेपाल पराजित, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित, युएईले दिएको दुई सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपाल ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७९ रनमा समेटियो ।

१०. अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वार्ता, द्वन्द्व टार्ने प्रतिवद्धता, पछिल्ला केही दशकमा चीनका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित चिनियाँ राष्ट्रपति सीले तेस्रो कार्यकालका लागि निर्बाचित भएपछि अमेरिकी राष्ट्रपतिसँगको पहिलो प्रत्यक्ष भेट ।













