
काठमाडौं । आज मुलुकका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कर्णालीका हिमाली भू-भागका थोरै स्थान तथा बाँकी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशादाले जनाएको छ ।
बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू-भागका एक वा दुई स्थान हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।












