Logo
Logo

३५ एसएसपीको सरुवा, ललितपुरमा राई


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, १४ भदौ
नेपाल प्रहरीका ३५ एसएसपीको सरुवा भएको छ । सरुवाअनुसार ललितपुरमा एसएसपी टेक प्रसाद राईको सरुवा भएको छ । गृहसचिव प्रेमकुमार राईको सिफारिसमा उनको सो अवसर पाएका हुन् । राईको पावरमा उनी यसअघि बढुवामा अगाडि आएका थिए ।


त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा भिम ढकाललाई सरुवा गरिएको छ ।
त्यस्तै तालिम केन्द्रका प्रमुखहरु समेत फेरिएका छन् । बुटवलमा डा गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, सिन्धुलीमा सन्दीप भण्डारी, सुर्खेतमा मसाउद आलम खाँ, दिपायलमा प्रदीप कुमार श्रेष्ठको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार ५० एसपीको सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्