Logo
Logo

राष्ट्रहितविरुद्ध भूमिका खेलेकाहरूलाई कसरी भोट दिने ?



काठमाडौं । ‘नेपालका कम्युनिष्ट पार्टीहरु खासगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)कोको नेतृत्वबीच सहमति नभएको भए न त संविधानसभाको विषय राष्ट्रिय कार्यसूची बन्न सक्थ्यो, न विभिन्न बाधा अवरोधलाई पन्छाउँदै संविधानसभाबाट समाजवाद उन्मुख संविधान नै घोषणा हुन सक्थ्यो । कम्युनिष्टहरुको अथक प्रयत्न र पहल नभएको भए नेपालमा आजका यी अग्रगामी परिवर्तनहरु सम्भव हुने थिएनन् । अब यिनै दुई पार्टीको काँधमा सामाजिक न्यायमा आधारित सुसंस्कृत र समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ ।’

२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो घोषणपत्रमा उल्लेख गरेका कुरा हुन् यी । यिनै कुरालाई पत्याएर नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दुईतिहाइ मत दिएका हुन् ।

२०७४ सालमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टीले पाएको यो उपलब्धिलाई जोगाउन सकेको भए संविधानमा उल्लेख गरिएका मौलिक हकहरु कार्यान्वयन गर्न सकिन्थ्यो ।

समाजवाद उन्मुख संविधान पनि यिनै दुई कम्युनिष्ट पार्टीको बलमा जारी भएको थियो । संविधानमा उल्लेख समाजवादी कार्यक्रम लागू गर्न सकेको भए फेरि पनि नेपालका कम्युनिष्ट पार्टीहरुले दुईतिहाइ मत ल्याउने थिए । नेपालका कम्युनिष्ट पार्टीहरुले दुईतिहाइ मत ल्याउने थिए ।

नेपालका कम्युनिष्ट पार्टीहरुमाथि नेपाली जनताको ठूलो आशा र भरोसा थियो । श्रमजीवी जनताको पार्टी भएको नाताले नेकपा एमालेलाई पाँच वर्षभित्र धेरै काम गर्ने अवसर थियो ।

यो कुरा विदेशीहरुलाई मन परेका थिएन । कम्युनिष्ट पार्टीको दुईतिहाइ सरकार बनेदेखि नै विदेशीहरु सरकार भत्काउने षड्यन्त्रमा थिए । उनीहरुले एमाले र माओवादीलाई मिल्न नदिन अनेक प्रयास गरे । त्यसका लागि विदेशी एजेन्टहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका ‘किचेन क्याविनेट’लाई प्रयोग गरे ।

ती विदेशी एजेन्टका पनि एजेन्टमध्ये डा. राजन भट्टराई एक हुन्, भनिन्छ । जो अहिले काठमाडौं–४ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । दुईतिहाइको सरकार विघटन गराउनुमा भट्टराईको पनि प्रमुख भूमिका छ ।

ओली, प्रचण्ड र माधव नेपालबीच फुट ल्याउनुमा पनि भट्टराईको हात छ । त्यस्ता शंकास्पद व्यक्ति अहिले चुनावी मैदानमा छन् । आम मतदातालाई यो कुरा थाहा नहुन पनि सक्छ । त्यसैले यस्ता उम्मेदवारलाई जिताउने भूल गर्नु हुँदैन ।

त्यस्तै एमसीसीका एजेन्ट प्रदीप ज्ञवाली गुल्मी–२ बाट उम्मेदवार बनेका छन् । जसले अमेरिका पुगेर एमसीसीमा हस्ताक्षर गरे ।

इतिहासले माफी नदिने यस्ता प्रवृत्ति र पात्र राजनीतिमा हाबी हुन्जेल कम्युनिष्ट आन्दोलन सुदृढ हुन सक्दैन । माओवादीसँग भएको एकता भाँड्नेमा ईश्वर पोखरेल पनि एक हुन् । उनी अहिले काठमाडौं–५ बाट उम्मेदवार भएका छन् । कम्युनिष्ट आन्दोलनका यी भँडुवाहरुलाई जनताले सजाय दिनुपर्छ ।

त्यसमाथि सबैभन्दा बढी दोषी एमाले अध्यक्ष ओली स्वयं हुन् । उनमा राजनीतिक इमान्दारिता देखिएन । प्रचण्डसँग लिखित सम्झौता गरेका ओलीले ती सम्झौता कार्यान्वयन गर्नु पर्ला भनेर संसद् नै भंग गरिदिए ।

समस्या संसद्मा थिएन, पार्टीमा थियो । दुई जना पाइलट मिलेर हाँकेको जहाज डुब्न नदिन पहिलो पाइलट ओली नै जिम्मेवार हुनुपथ्र्यो । त्यसो हुन सकेन र जहाज दुर्घटना भयो ।

अब फेरि त्यही असफल पाइलट आकाश पाताल जोड्दै प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन् । पार्टी र सरकार सञ्चालन गर्न असफल व्यक्तिका रुपमा प्रमाणित तिनै व्यक्ति र पार्टीलाई मत हाल्नु भनेको कम्युनिष्ट आन्दोलन छिन्नभिन्न पार्नु हो । आफ्नो घुँडामा बञ्चरो हान्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा हाबी हुनु नेपाल र नेपाली जनताको दुर्भाग्य हो ।

त्यसैले संविधानको उपलब्धिको रक्षा गर्नु अहिले सबैको कर्तव्य हो । चुनाव त हरेक पाँच वर्षमा आउँछ, जान्छ । त्यो कुरा ठूलो होइन । चुनावबाट जस्तो प्रवृत्तिको नेता जन्मन्छ र त्यसले के गर्छ भन्ने कुरा प्रमुख हो ।

त्यसैले यस निर्वाचन अन्य सामान्य निर्वाचनभन्दा फरक छ । प्रतिगामी र अग्रगामी जनताले छुट्याउन सकेनन् भने भोलि दुःख पाउने नेपाली जनता नै हुन् ।

प्रतिक्रिया दिनुहोस्