Logo
Logo

भक्तपुरकाे राईटोलमा आगलागी, एक युवतीको मृत्यु


252
Shares

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिकामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान मध्यपुरठिमी नगरपालिका–६ स्थित राईटोलमा रहेको आत्माराम केसी र हरिशरण केसीको तीन तले घरमा आगलागी हुँदा आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको हो ।

अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी थिइन् । उनको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए ।

यस्तै आगलागीमा परि हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसी घाइते भएकी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्