Logo
Logo

पोखरा म्याराथनको विजेताले ५ लाख पाउने


189
Shares

पोखरा । ‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’का विजेताले पाँच लाख रुपैयाँ पाउने भएका छन् । ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा आगामी फागुन ६ गते आयोजना हुने उक्त म्याराथन’को राशी यसवर्ष बढाइएको हो ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो वर्ष १ लाख बढाइएको जानकारी दिए । म्याराथन ४२.१९५ किमितर्फ नै दोस्रो, तेस्रो र सान्त्वनासम्म पनि पुरस्कार राशी बढाइएको छ ।

अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेस्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार रहेको छ ।
गण्डकी प्रदेशतर्फ विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् । गण्डकी प्रदेशतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

हाफम्याराथन महिलातर्फ प्रथमले १ लाख ५० हजार, द्वितियले १ लाख, तृतियले ७५ हजार र सान्त्वना हुनेले १५ हजार पाउनेछन् । १० किमि महिला तथा पुरुष दौडका विजेताले ३ लाख पाउनेछन भने द्वितियले २० हजार र तृतियले १५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्