Logo
Logo

रेखालाई भोट माग्दै मनीषाले भनिन्- साहसी नारीलाई साथ दिनुस्



काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले रेखा थापाको लागि भोट मागेकी छन् । उनले एक भिडियो सन्देश जारी गर्दै मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि मत मागेकी हुन् ।

मनीषाले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितको लागि शुभकामना समेत दिएकी छन् । मनीषाले भोट मागेको भिडियो रेखाले सामाजिक संजालमा शेयर गरेकी छन् ।

उक्त भिडियोमा मनीषाले भनेकी छन्, ‘देश यतिबेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याति कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरुलाई यसपटक साहसी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’

मनिषाले मात्र होइन, रेखालाई विभिन्न सेलिब्रेटीले समेत सामाजिक संजाल मार्फत भोट मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्