Logo
Logo

राहुल गान्धीको कार्यक्रममा बज्यो नेपालको राष्ट्रिय गान


1.4k
Shares

काठमाडौं । भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेको छ ।

बुधबार कांग्रेसको ‘भारत जोडो यात्रा’ का क्रममा महाराष्ट्रको एउटा गाउँमा आयोजित कार्यक्रममा गान्धी सहभागी भएका थिए । कार्यक्रम सुरु हुनुअघि गान्धीले राष्ट्र गीत बजाउन निर्देशन दिन्छन् । लगत्तै नेपालको राष्ट्रिय गीत ‘सयौं थुंगा फूलका हामी…’ को धुन घन्किन थाल्छ । केही सेकेन्डमै रोकिन्छ र फेरि बज्न थाल्छ ।

नेपालको राष्ट्रिय गीतको प्रारम्भिक धुन बजिरहँदा राहुल गान्धीलगायत कसैले पनि मेसो पाउँदैनन् र गम्भीर मुद्रामा उभिन्छन् । नेपालको रोकेर आफ्नो देशको राष्ट्रगान बजाउन गान्धीले निर्देशन दिन्छन् । त्यसबीचमा सहभागीहरु निकै असमञ्जस्य देखिन्छन् ।

उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । विदेशको राष्ट्रगान बजाएर पनि थाहा नपाएको भन्दै राहुल गान्धीलाई भारतीयहरुले ट्रोल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्