Logo
Logo

आजको मौसम : केहि स्थानमा वर्षा र हिमपातको सम्भावना


252
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले प्रदेश १, बागमती प्रदेश र गाण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्