Logo
Logo

समानुपातिक उम्मेदवारलाई परिचयपत्र दिने आयोगको निर्णय


126
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उमेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उमेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उमेदवारहरूलाई आयोगले परिचयपत्र दिने निर्णय गरेको हो ।

परिचयपत्र लिन चाहाने उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयबाट आफ्नो अभिलेख राखी परिचयपत्र लिन पाउनेछन् ।

‘अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतकोे जिल्लाको खण्ड हेरी आफ्नो जिल्ला अन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी परिचयपत्र उपलब्ध गराउन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ,’ आयोगले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्