Logo
Logo

एकाबिहानै काठमाडौंका दुई ठाउँमा शंकास्पद वस्तु फेला


3.3k
Shares

काठमाडौं । काठमाडौंको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

शुक्रबार बिहान बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो ।

उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको प्रहरीले जनाएको छ । बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् ।

निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्