Logo
Logo

राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड


315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ ।

महाराजगन्जस्थित राप्रपा काठमाडौं क्षेत्र नं ५ को सम्पर्क कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कसले र किन तोडफोड गरे भन्ने अहिलेसम्म खुल्न नसकेको बताए ।

निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाउन सरकारसँग माग गर्दै राप्रपाले प्रभावकारी अनुगमनका लागि निर्वाचन आयोग र निर्वाचनको पर्यवेक्षण गरिरहेका संघसंस्थाको ध्यानाकर्षण गराएको छ ।

काठमाडौं–५ मा राप्रपाबाट प्राध्यापक डा रामप्रसाद उप्रेती, एमालेबाट इश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्