Logo
Logo

ट्वीटरविरुद्ध फरक क्षमता भएका कामदारले गरे उजुरी



न्युयोर्क । कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न दिएको एलन मस्को आदेशले अपाङ्गता भएका कामदारहरू विरुद्ध भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर भएको छ ।

क्यालिफोर्नियास्थित इन्जिनियरिङ प्रबन्धक दिमित्री बोरोडेन्कोले कार्यालयमा रिपोर्ट गर्न अस्वीकार गर्दा ट्विटरले यस हप्ता आफूलाई बर्खास्त गरेको भन्दै बुधवार सान फ्रान्सिस्को संघीय अदालतमा कम्पनीविरुद्ध उजुरी दिएका हुन् । ट्विटरका कर्मचारीहरूलाई कार्यालयमा फर्कन वा छोड्न मस्कको हालैको आह्वानले संघीय अमेरिकी असक्षमता ऐन (एडीए) को उल्लंघन गरेको बोरोडेन्कोले उजुरीमा उल्लेख गरेका छन् । एडीएले अपांगता भएका कामदारहरूलाई उचित आवास प्रदान गर्न आवश्यक रहेको बताउँदै आएको छ ।

उजुरी अनुसार बोरोडाएन्कोमा शारीरिक असक्षमता भएको र यसले उनलाई कोभिड १९ का दृष्टिले जोखिममा राखेको मुद्दामा भनिएको छ । कर्मचारीहरूले मस्कको मापदण्डहरू पूरा गर्न नसकेपछि राजीनामा दिन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्