Logo
Logo

विराटनगरमा बिष्फोट, बालकको मृत्यु




विराटनगर, २७ पुस ।

विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा भएको विस्फोटमा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको मृत्यु भएको हो । विस्फोटमा परी स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिकाकुमारी घाइते छन् ।

अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
ग्याँस सिलिन्डर पड्किएर बालकको मृत्यु भएको आशंका गरिएको छ प्रहरीले भने विस्फोट स्थलमा सिलिन्डर पड्किएको केही प्रमाण फेला नपरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्