काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताले निर्वाचन बहिस्कारको माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् ।

शनिबार निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले ‘निर्वाचन बहिष्कार गरौँ’ भन्दै नाराबाजी गरेका थिए ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार सोक्रममा ६ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई प्रहरी परिसर कार्यालय दरबारमार्गमा राखिएको छ ।
आइतबार हुने आम निर्वाचन नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलयागतले बहिस्कार गर्दै आएका छन् ।














