Logo
Logo

विश्वकप : आज तीन खेल हुँदै



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमबार) तीन खेल हुँदैछन् ।

कतार विश्वकपमा सोमबार समूह ‘ए’ को एक खेल हुँदैछ । यस्तै समूह ‘बी’ को दुई खेल हुने तालिका रहेको छ । सोमबार हुने पहिलो खेलमा समूह ‘बी’ बाट इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र इरानबीचको खेल बेलुका ६:४५ बजे सुरु हुनेछ ।

समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । त्यस्तै समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

​मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । उद्घाटन खेलमा आयोजक कतारलाई २-० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्