बैतडी । बैतडीको पाटनमा मतपेटिका पु¥याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ । पाटन नगरपालिका थुम भन्ने स्थानमा बा १ ८५४ नम्बरको जिप आज बिहान दुर्घटना भएकाे हो ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार ४ जनाको शव निकालिसकेको र थप मृत्यु भएको पुष्टि हुन बाँकी छ ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । जिपमा १४ जना सवार थिए ।














