Logo
Logo

प्रधानमन्त्री आली शुक्रबार फर्कदै, विष्णु पौडेल सिंगापुर जाँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कने भएका छन् । उनलाई भेट्न र लिन नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेल मंगलबार सिंगापुर प्रस्थान गर्दैछन्। उनी दिउँसो १ बजे सिंगापुर उड्न लागेका हुन्।उपचारका क्रममा सिंगापुरमा रहेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेको महासचिव पौडेलले बताए ।

‘प्रधानमन्त्रीज्यूलाई भेट्न आज सिंगापुर जाँदैछु, उहाँलाई लिएरै फर्किन्छु होला,’ उनले भने।
अहिलेसम्मको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने तय भएको पौडेलले जानकारी दिए।
उनले आफू एक्लै सिंगापुर जान लागेको र सचिवालय सदस्य वामदेव गौतम भने सिंगापुर जाने कार्यक्रम नरहेको बताएका छन्।
प्लाज्मा फेरिसस पक्रियाबाट उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार भोलि (बुधबार) सकिँदैछ। गत ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन्।

अहिले प्रधानमन्त्रीसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, पत्नी राधिका शाक्य, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य र डाक्टर दिलिप शर्मा सिंगापुरमै छन्।

प्रतिक्रिया दिनुहोस्