Logo
Logo

एक्सनमा पर्यटनमन्त्रीः एयरपोर्टका बदनाम कर्मचारी हटाइए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ भदौ ।

पर्यटनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुधार थालेका छन् । विमानस्थलका बदनाम कर्मचारीहरुमाथि उनले एक्सन थालेका छन् ।
विगतमा सुन तस्करीमा मुछिएका विमानस्थल कार्यालयका उपप्रबन्धक किशोरकुमार खत्रीलाई उनले त्यहाँबाट हटाएका छन् ।


मन्त्री भट्टराईको निर्देशन पछि नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमानस्थलबाट खत्रीलाई सोमबार फिर्ता गरी झापा सरुवा गरेको छ ।
करिब तीन वर्षअघि खत्र विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा कार्यरत हुँदा दोहाबाट आएका मनिष रिमालको ४० तोला सुन धावनमार्गबाट रिसिभ गरी बाहिर निस्कने क्रममा पक्राउ परेका थिए । जागिरमा जोडिएपछि चलखेलका आधारमा फेरि अन्तराष्ट्रिय विमानस्थलमै सरुवा मिलाएका थिए । जून कुरा थाहा पाएपछि हटाइएको पर्यटन मन्त्रालय स्रोत बताउँछ । नागरिक उड्डनका अन्य कर्मचारीमाथि समेत मन्त्रालयले निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्