Logo
Logo

प्रधानमन्त्रीद्वारा सिंगापुरबाटै मन्त्रीहरुसँग अर्काे बैठक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ भदौ ।
उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट मंगलबार अर्काे बैठक राखेका छन् । मन्त्रीहरुसँग सरकारका कामहरुबारे छलफल गरेको उनका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।


गत ९ भदौमा उनले सिंगापुरबाटै मन्त्रिपरिषद्को बैठक राखेका थिए । बिना एजेन्डा त्यसरी बैठक बसेको खुलेपछि त्यसको आलोचना भएको थियो । यसपटकको छलफललाई भने मन्त्रिपरिषद् बैठक भनिएको छैन । मन्त्रीहरुसँग अपडेट लिइएको भनिएको छ । कानूनी रुपमा यसले मन्त्रिपरिषद्को बैठकको मान्यता नपाउने भएपछि छलफल मात्र भनिएको छ ।
कुनै महत्वपूर्ण काम परेमा प्रधानमन्त्रीले सिधैं मन्त्रीहरुलाई फोन गरेर जानकारी लिन सक्छन् । तर, भिडियो कन्फरेन्सका नाममा महंगा सामानहरु खरिद गरेर जडानका लागि उनका चटके सल्लाहकारहरुले यस्तो काममा लगाएका हुन् । जसकारण प्रधानमन्त्रीकै बदनाम भएको छ ।

प्रतिक्रिया दिनुहोस्