काठमाडौं । आइतबार मतदान सम्पन्न भएसँगै अहिले देशभर मतगणना धमाधम भइरहेको छ । सोमबार राति १२ बजेसम्म देशभर जम्मा ११४ निर्वाचन क्षेत्रको मत गणना भएको छ । केही ठाउँमा भने विवादका कारण अझै मतगणना हुन सकेको छैन ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ मध्ये ११४ निर्वाचन क्षेत्रको मतगणना हुँदा तीन क्षेत्रको भने अन्तिम मतपरिणाम आइसकेको छ । अहिलेसम्म नेपाली कांग्रेसले दुई ठाउँमा जितेको छ भने नेकपा एमालेले एक ठाउँमा जित निकालेको छ ।
ललितपुर क्षेत्र नम्बर २ मा एमालेका प्रेमबहादुर महर्जनले जित निकालिसकेका छन् भने अहिले एमालेले ३१ ठाउँमा अग्रता लिइरहेको छ । पाँचथर– १ मा वसन्तकुमार नेम्वाङ, सिन्धपाल्चोक– १ मा सरेश नेपाल, इमाल–१ मा महेश बस्नेत, बाग्लुङ–१ मा सुर्यप्रसाद पाठक, सिन्धुली–१ मा प्रदीपकुमार कटुवाल क्षेत्री, बैतडी–१ मा दामोदर भण्डारी, मकवनापुर–२ मा महेशकुमार बर्तौता र बाँके–१ मा सुर्यप्रसाद ढकालले अग्रता लिइरहेका छन् ।
त्यस्तै काठमाडौं–७ मा श्यामकुमार घिमिरे, झापा–२ मा देवराज घिमिरे, गुल्मी–२ मा गोकर्ण विष्ट, कञ्चनपुर–१ मा तरा लामा तामाङ, चितवन–२ मा कृष्णभक्त पोख्रेल, बाँके–३ मा किस्मतकुमार कक्षपति, नुवाकोट–१ मा बद्री मैनाली र अर्घाखाँचीमा टोपबहादुर रायमाझीले अग्रता लिइरहेका छन् ।
यसैगरी काठमाडौं–१ मा कृष्णगोपल श्रेष्ठ, रुपन्देही–१ मा छविलाल विश्वकर्म, धनुषा–३ मा जुली कुमारी महतो, बारा–१ मा अच्युतप्रसाद मैनाली, भक्तपुर–१ मा नवराज गेलाल, भोजपुरमा शेरधन राई, उदयपुर–२ मा अम्वरबहादुर रायामाझी, बारा–३ मा ज्वाला कुमारी साह, ललितपुर–१ मा नवराज सिलवाल, धनकुटामा राजेन्द्रकुमार राई, दैलेख–१ मा रविन्द्रराज शर्मा, कपिलवस्तु–१ मा बलराम अधिकारी, इलाम–२ मा सुवासचन्द्र नेम्वाङ, झापा–५ मा केपी शर्मा ओली र लमजुङ–१ मा पृथ्वीसुव्वा गुरुङले अहिले अग्रता लिइरहेका छन् ।














