काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमध्ये अहिलेसम्म नेपाली कांग्रेस ४८ सिटमा अग्रता लिएको छ । साथै, कांग्रेस चार सिटमा विजयी भइसकेको छ ।

यस्तै, नेकपा एमालेले ३८ सिटमा अग्रता लिएको छ । हालसम्म एमालेले एक सिटमा विजयी भइसकेको छ । १२५ निर्वाचन क्षेत्रको मतगणना जारी रहँदा नेकपा माओवादीले १२ स्थानमा अग्रता लिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ११, राप्रपा ६ र नेकपा एकीकृत समाजवादीले सात क्षेत्रमा अग्रता लिएको छ । अन्य क्षेत्रमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ भने केही क्षेत्रमा पुनः निर्वाचन हुँदैछ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले २ क्षेत्रमा अग्रता लिएको छ । अहिलेसम्म नेपालीका उम्मेदवार काठमाडौं–१ बाट प्रकाशमान सिंह, मुस्ताङबाट योगेश गौचन, मनाङबाट टेकबहादुर गुरुङ र काठमाडौं–४ बाट गगन थापा निर्वाचित भइसकेका छन् । यस्तै, एमालेले ललितपुर–२ बाट प्रेमबहादुर महर्जन र काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।














