
काठमाडौं । सुनसरी–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले एमाले–जसपा गठबन्धनका उम्मेदवार अशोक राईलाई पछि पार्दै अग्रता लिएका छन् ।
यस क्षेत्रको प्रारम्भिक गणनामा स्वतन्त्र र एमालेका बागी उम्मेदवार मनोज मेन्याङ्याम्बोले अग्रता लिएको भए पनि पछिल्लो गणनामा मुक्सामहाङले अग्रता लिएका हुन् ।
पछिल्लो गणनाअनुसार मुक्सामहाङले १ हजार ७३८ पाएका छन् भने अशोकले १ हजार ४५२ मत पाएका छन् ।














