Logo
Logo

सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला भारी मतले अगाडि


4.4k
Shares

काठमाडौं । सल्यानमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले लगातार अग्रता लिइरहेका छन् ।

पछिल्लो मतगणनाअनुसार ज्वालाले २२ हजार १०४ मतसहित अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार राजेन्द्रवीर राईले ७ हजार ४७९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १२ हजार ९८६ मतसहित दोस्रो स्थानमा छन् । यहाँ प्रतिनिधिसभातर्फ ५१ हजार ५२५ मत गणना भइसकेको छ ।

यस्तै, प्रदेशसभा (क)मा २५ हजार ४८६ मतगणना हुँदा नेकपा माओवादीका भीम प्रकाश शर्माले १३ हजार ५२७ मत पाएका छन् भने एमालेका कुलबहादुर गिरिले ८ हजार ७४१ मत प्राप्त गरेका छन् ।

यस्तै, सल्यान्को प्रदेशसभा (ख)मा २६ हजार ३९ मत गणना गर्दा नेपाली कांग्रेसका सुरेश अधिकारीले १२ हजार ६०० मत पाएका छन् भने एमालेका गुलाबजंग शाहले १० हजार ५६९ मत पाएका छन् । मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्