Logo
Logo

फरार मन्त्री पाटन अदालतमा उपस्थित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ भदौ ।

बैंकिङ कसुर मुद्दामा फरार कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री भएका खडकबहादुर खत्री अदालतमा उपस्थित भएका छन्। बुधवार बिहान उनी उच्च अदालतमा पाटनमा उपस्थित भएका हुन्।


बैंकिङ कसुरसम्बन्धी मुद्दामा खत्रीलाई बयानका लागि पेश गर्न अदालतले आदेश जारी गरेको थियो। न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले समाह्वान म्याद जारी गर्न माग गरिएको मुद्दामा फरार अभियुक्तका रुपमा रहेका खत्रीलाई बयानका लागि उपस्थित गराउन आदेश दिएको थियो।

अदालतको आदेशपछि बर्खास्तमा परेका मन्त्री खत्रीलाई आज अदालतले वाणिज्य अदालतमा बयान लिने छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ।

कृषि विकास बैंकको नक्कली ग्यारेन्टीपत्र तयार पारी खत्रीसहितका पाँच प्रतिवादीले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अभियोग लगाइएको छ। मन्त्री खत्री ठेकदार हुन् । उनको कम्पनीmे ठेक्का पाएकोको अनियमितता भएको थियो । सिआईबीले समेत उनलाई छानबिनमा उन्मुक्ति दिएको थियो । खत्री नेकपाका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्