Logo
Logo

भ्रष्टाचार मुद्दामा फरार एमालेका पूर्व सांसद पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ भदौ ।

भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भइ फरार रहेका पूर्वसभासद डिबी कार्कीलाई सिआइबीको टोलीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार उनलाई पक्राउ गरेको हो ।


कार्कीलाई सर्वोच्चले ६ महिना कैद र एक लाख विगोको फैसला गरेको थियो । उनी पहिलो संविधानसभामा तत्कालिन एमालेबाट सभासद भएका थिए । प्रहरी निरिक्षक भर्ना गरिदिने भन्दै उनले घुस लिएका थिए । उनलाई घुस दिने व्यक्ति हाल इन्सपेक्टर नै छन् । वामदेव गौतम गृहमन्त्री भएका बेला उनले त्यसरी पैसा असुलेका थिए ।

प्रतिक्रिया दिनुहोस्