Logo
Logo

डेंगुको संक्रमण भएपछि कृषिमन्त्री खनाल अस्पताल भर्ना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ भदौ ।
कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमणको छ । संक्रमणपछि उनी अस्पताल भर्ना भएका छन् ।
डेंगुले संक्रमित मन्त्री खनालको धापासीस्थित ग्रान्डी अस्पतालमा बिहीबार साँझदेखि उपचार भइरहेको छ।


मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीका अनुसार पहिलो चरणको रिपोर्टमा डेंगु संक्रमण देखिएको हो। ‘डेंगु संक्रमित भएपछि मन्त्रीज्यू हिजोदेखि उपचार गराइरहनु भएको छ,’ गिरीले भने, ‘अस्पतालमा भर्ना गरिएकाले केही दिन अझै समय लाग्ने देखिएको छ।’ अन्य परीक्षणहरू पनि गरिने क्रम जारी छ।
नेपाललमा यो वर्ष तराई मात्र होइन पहाडका जिल्लाहरुमा समेत धेरैलाई डेंगुको संक्रमण भएको छ । कतिपयले यही रोगबाट ज्यान समेत गुमाएका छन् ।
लामखुट्टेको टोकाईबाट जोगिनु नै यस रोगबाट बच्ने उपाय भएको चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्