Logo
Logo

समानुपातिकतर्फ एकीकृत समाजवादीको मत बढेपछि ओली सशंकित



फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ एकीकृत समाजवादीले मत बढाएपछि मतगणनामा आशंका व्यत गरेका छन् ।  

ओलीले नाम नतोके पनि नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै फेसबुकमा लेखेका छन्– ‘पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ ।’ भन्दै गणनामा शंका व्यक्त गरेका हुन् । 

अध्यक्ष ओलीले जिल्ला जिल्लामा मतगणनामा रहेका कार्यकर्तालाई चनाखो हुन भन्दै आफ्ना प्रतिनिधिलाई मतपरिणामको मुचुल्काको प्रति आफूलाई पठाउन समेत भनेका छन् । उनले लेखेका छन्– ‘मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु ।’

समानुपातिकतर्फको मतका आधारमा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने या नबन्ने निर्भर छ । तर, पछिल्लो गणनाअनुसार एकीकृत समाजवादीले मत बढाएको छ । यसै विषयमा ओलीले शंका व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्