Logo
Logo

एमालेलाई हराउँदै रामेछापमा कांग्रेसका कान्छाराम विजयी



काठमाडौं । प्रतिनिधिसभामा रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् ।

कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । २०७० मा कांग्रेसको समानुपातिक उमेदवारको बन्दसूचीमा परेका थिए । २०७४ को प्रतिनिधिसभा रामेछापमा पराजित भए । यसपटक उनले ढुंगेलसँग बदला लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्