Logo
Logo

शुक्रबारको कारोबार, सुन तोलामा १४०० घट्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० भदौं । करिब डेढ महिनायता उताव चढाव हुँदै आएको सुनको भाउ आज शुक्रबार झरेछ । आज सुन तोलामा १४ सय रुपैयाँ घटेको छ । शुक्रबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार ७३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । आज चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्