Logo
Logo

एशिया कप : नेपालले टस जित्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० भदौं । श्रीलंकामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोलीविरुद्वको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
श्रीलंकाको आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपालले आयोजक श्रीलंका विरुद्वको खेलमा जीत निकाल्ने आशासहित मैदानमा उत्रेको छ । तर, नेपालले श्रीलंकालाई अहिलेसम्म हराउन सकेको छैन ।
पछिल्ला पाँच खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । सन् २०१६ मा श्रीलंकामा नै भएको यू–१९ एशिया कपमा नेपाल आयोजक श्रीलंकासँग एक रनले पराजित भएको थियो ।
नेपालको प्लेइङ सेटमा रोहित पौडेल, रसिद खान, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, रीत गौतम, पवन सरार्फ, सूर्य तामाङ र हरिबहादुर चौहान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्