Logo
Logo

फिफा विश्वकप आज चार खेल : ब्राजिल र पोर्चुगलको अन्तिम १६ मा पुग्ने दाउ


2.1k
Shares

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत आज समूहमा दोस्रो चरणका अन्तिम खेल हुँदैछन् । समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड तथा क्यामरुन र सर्वियाबीच भिडन्त हुँदैछ ।

क्यामरुन र सर्विया दिउँस ३:४५ बजे भिड्दा ब्राजिल र स्विट्जरल्यान्डबीच ९:४५ बजे खेल हुनेछ। समूहमा ब्राजिल र स्विट्जरल्यान्डले पहिलो खेलमा जित निकालेका थिए ।

त्यसैले दुवै टिम आजको खेलमा जित निकालेर अन्तिम १६ मा पुग्ने योजनामा छन् । पहिलो खेलमा पराजित भएका सर्विया र क्यामरुनका लागि भने अन्तिम १६ मा पुग्न आजको खेल महत्वपूर्ण छ ।

यस्तै समूह ‘एच’ मा आज दक्षिण कोरिया र घाना ६:४५ बजे भिड्दा पोर्चुगल र उरुग्वेबीचको खेल मध्यराति १२:४५ बजे हुनेछ ।

पोर्चुगलले पहिलो खेलमा घानालाई हराएको थियो भने दक्षिण कोरिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका थिए । आजको जितले पोर्चुगल अन्तिम १६ मा पुग्छ। बाँकी टिमलाई अन्तिम १६ मा पुग्न आजको खेल महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्